घट्यो सुनचाँदीको मूल्य

काठमडौं । आज नेपाली स्थानिय बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले सस्तो भएको महासङ्घले जनाएको छ ।

प्रतितोला ३ सय रुपैयाँले घटेसँगै छापावाला सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ रहेको थियो । यस्तै तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेएको महासङ्घले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य ८९ हजार ६ सय ५० रुपैयाँ कायम रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार मंगलबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने १ हजार ३ सय ४५ रुपैयाँ कायम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार