कोरोनाको कारण थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको ३ हजार २ सय १८ नमूना परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ । मंगलबार थप १ सय २ जना संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म २ लााख ७० हजार ६८ जनाले कोरोना जितेका छन् ।

मंगलबार कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ हजार ६५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । विभिन्न अस्पताल र होम आइशोलेशनमा गरी नेपालमा हाल १ हजार ५ सय ३३ सक्रिय संक्रमित रहेका छन् । हालसम्म २१ लाख ४६ हजार ५ सय ३३ वटा नमूनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांकमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार