किलर रोबोटको विषयमा बुधबार बृहत छलफल कार्यक्रम हुने

काठमाडौं । लामो समयदेखि चर्चा चल्दै आइरहेको किलर रोबोटको विषयमा बृहत छलफल हुने भएको छ । बुधबार विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तित्वहरुसँग शान्ति र लोकतन्त्रको लागि महिला नेपाल (डब्लुपीडी नेपाल)को आयोजनामा अन्तरक्रिया कार्यक्रम हुनलागेको हो । किलर रोबोटः प्राण घातक स्वायत हतियार प्रणाली मानवजीवनको लागि चूनौति विषयमा अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ ।

डब्लुपीडी नेपाललगायत किलर रोबोट रोक्ने अभियान ५० भन्दा बढी देशमा रहेका ९० भन्दा बढी गैर–सरकारी संगठनको अन्तर्राष्ट्रिय गठबन्धन हो । यो अभियान सन् २०१२ को अक्टोबरमा गठन भएको थियो । यस गठबन्धनले पूर्ण स्वचालित हतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने विषयमा काम गरिरहेको छ । डब्लुपीडीले शक्तिको प्रयोगमा महत्वपूर्ण मानवीय नियन्त्रण कायम राख्छ । गम्भीर कानूनी, सुरक्षा र नैतिक चासोका कारण, किलर रोबोट रोक्ने अभियानले विकास, उत्पादन र किलर रोबोटको प्रयोगको लागि आह्वान गर्दछ ।

संस्थाका अध्यक्ष शोभा श्रेष्ठका अनुसार उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवालाहरु सभासद, राजनीतिकदलहरु, सुरक्षाकर्मी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरीक समाज, शान्ति निर्माणका अगुवाहरुको सहभागिता रहने छ । भोलिहुने उक्त सामुहिक छलफल पछि प्राण घातक किलर रोबोटलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्ने निचोड समेत आउने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रम बुधबार बिहान १० बजेदेखि काठमाडौंमा शुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार