महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा. सङ्ग्रौला

बैतडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार