संसद घिटन विरुद्ध विवेकशील पार्टीद्वारा नयाँ शैलीमा प्रदर्शन

काठमाडौं । विवेकशील साझा पार्टीले सोमबार राजधानीम नयाँ शैलीमा प्रदर्शन गरेको छ । सोमबार संसद घिटन विरुद्ध विवेकशील पार्टीले माइतीघर मण्डलामा फूलमाला सहित प्रदर्शन गरेको हो । नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका माला स्वरूप रहेका नेपालीहरूमा निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुल्चेको भन्दै आफुहरुले प्रर्दशन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताउनुभयो ।

ठूला पार्टीहरुले आन्दोलनमा मानिसहरुलाई किनेर ल्याउनु मानव तस्करी भएको उहाँको आरोप छ । श्रेष्ठले राजनीतिक पार्टीहरुले संख्या भन्दा विचारमा बढावा दिनुपर्ने भन्दै पैसाको लोभ नदेखाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार