मेक्सिकोमा सैनिक विमान दुर्घटना हुँदा ६ जनाको मृत्य

एजेन्सी । मेक्सिकोमा एउटा सैनिक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी राज्य भेराक्रुजमा आइतबार वायु सेनाको विमान दुर्घटनामा परेको हो । एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोका सरकारी अधिकारीले बताएका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको परिचय खुल्न बाँकी रहेको सुरक्षा अधिकारीहरुको भनाई छ । सैनिक विमान दुर्घटना हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन । घटनाको अनुसन्धान शुरु भैसकेको मेक्सिकन रक्षा मन्त्रालयलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार