गजल
बरु नभएको भए हुन्थियो आखिर छ के गर्नु
यहाँ बाँच्ने जति सबैलाई मर्ने पिर छ के गर्नु
घाँटीमा गल लागेर छिमेकी बा मरेका हुन्
मेरो पनि निल्नु न ओकल्नुको जागिर छ के गर्नु
राक्षस आयो र छोरीको बलात्कार गरेर गयो
घर भित्रै यो भगवान बस्ने मन्दिर छ के गर्नु
बहिनिले छोरी पाएकै दिन ज्वाइँ बित्नुभएछ
हातमा बधाई दिन ल्याएको अबिर छ के गर्नु
– बिक्रम ढकाल ‘अनुराग’
नवलपरासी