प्रदेश १ मा सरकार र संसद बीच असमझदारी

 

 

 

 

 

विराटनगर । प्रदेश १ मा प्रदेशसभा बैठक संचालनका विषयमा सरकार र संसद बीच असमझदारी देखा परेको छ । आइतबारका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले गर्नुभएको प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले अस्वीकार गर्नुभएको छ । मुख्यमन्त्री राईले विहानै बैठक स्थगित गर्न आग्रह गरेपनि सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गर्नुभएको हो ।

प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकका लागि एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ । बैठक बस्नुअघि आइतबार बिहान मुख्यमन्त्री निवासमा राई र सभामुख भण्डारीबीच छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने भन्दै बैठक स्थगनको आग्रह गर्नुभएको थियो । जवाफमा भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आजको बैठक स्थगित गर्न नमिल्ने बताउनुभयो । यसअघिकै बैठकमा पनि नेकपा केपी ओली समूहको अवरोधका कारण कार्यसूचीमा भएको प्रस्ताव पेश हुन पाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार