पुर्णकला र प्रसाद खप्तरी मगरको ‘जामसँगै रेलैमा’ गीत सार्वजनिक

काठमाडौं । प्रसाद खप्तरी मगर र पुर्णकला खप्तरी मगरको स्वरमा रहेको ‘जामसँगै रेलैमा…’ बोलको मौलीक गीत बजारमा आएको छ । रमेश बि.जी. को शब्द तथा पुर्णकला खपतरी मगर कै लयमा रहेको उक्त गीतको सम्पादन नबिन घर्ति मगरले गर्नु भएको हो ।

‘वान डिबि एचडी’ स्टुडियोमा रेकड गरिएको गीत प्रसाद खप्तरी मगर युट्युव च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ । जामसँगै रेलैमा गीतको छायाँकन तथा निर्देशन महेश महराले गर्नु भएको छ भने ध्वनि मिश्रण एच.बि.एन किस्मतको हो ।

पुर्णकला र प्रसाद आमा छोरा हुनुहुन्छ उहाँहरुको जामसँगै रेलैमा सहित सालैजो लगायत अन्य गीत पनि बजारमा आइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार