प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक आकस्मिक रुपमा बस्दै

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय कमिटीको बैठक आज आकस्मिक रुपमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले १ बजेपछि आकस्मिक रुपमा बैठक बोलाइएको हो । हिजो मात्रै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको प्रचण्ड माधव समूहले निर्णय नै गरेर निर्वाचन आयोगमा जान बैठक बोलाएको हो ।

नागरिकतासहित सबै केन्द्रीय सदस्यहरु काठमाडौं जम्मा भएपछि १ बजेबाट बैठक शुरु हुन लागेको हो । संसद् विघटन विरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको सो समूहले निर्वाचन आयोगमा आधिकारीकता दावी गर्दै गत माघ २० मा निवेदन दिएको थियो । तर आयोगले कुनै जवाफ नदिएपछि प्रचण्ड माधव समूहले केन्द्रिय सदस्यको बहुमतको नागरिकता नै बुझाएर दवाब दिन लागेको हो । पार्टी विभाजन हुनुअघिको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३ सय १५ भन्दा बढी आफ्नो पक्षमा भएकाले आधिकारीकता आफूहरुले पाउनुपर्ने दावी प्रचण्ड माधव समूहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार