सन् २०२१ को आईपीएलकाे लागि नेपालबाट सन्दीप छानिए

एजेन्सी । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ । अक्सन चेन्नईमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि शुरु हुनेछ । अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम आइपिएलका लागि सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि ३ सिजन आईपीएल क्रिकेट खेलिसकेका छन् । अक्सनमा रहेका २ सय ९२ खेलाडीबाट २२ विदेशीसहित ६१ खेलाडी अन्तिम छनोटमा पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार