चरेशसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट ३ दशमलव १ सय ८० मिलिग्राम र गोपालबाट १० दशमलव ८ सय ६० मिलिग्राम चरेश बरामद गरिएको छ ।

चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुवैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार