यस्तै सम्झिएर मलाई जिउने बानी भयो
उज्यालो दिदाँ दिदैँ सलेदो खरानी भयो
भाग्यमानी भएन मन्दिर अगाडि माग्ने
बरू त्यो बगरकै पथ्थर भाग्यमानी भयो
आमले बिर्सिँदा याद दिलायो आगनले
छोराले नसम्झिने क्रम जानाजानी भयो
जुन छोरी बा-आमाको ईज्जत ढाक्छिन्
बा भन्थे छोरी जन्मिएर नोक्सानी भयो
बादल हुनु क्षणिक भर मात्र हो महोदय
हिजो उँड्दै थियो ,आज झर्यो पानि भयो
डिल्लु चम्लागाई
अमेरीका