अनेरास्ववियूद्वारा तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

काठमाडौं । संसद विघटन विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

अनेरास्ववियूद्वारा शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका विभिन्न कार्यक्रम तय गरिएको छ । सरकारले राज्यको स्रोत साधनका दुरुपयोग गरेको अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङको आरोप छ । प्रतिगमनको पक्षमा सरकारी स्रोत र साधनको दुरुपयोग रोक्न आफुहरुले त्यही अनुसारको आन्दोलनको कार्यक्रम घोषणा गरेको उहाँले बताउनुभयो ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा ¥याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार