प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई खोप लगाइने

विराटनगर । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेश १ अन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ र ७ सय २५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५ सय ७६ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइन भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको ९ हजार ६ सय भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताउनुभयो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश नं २ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार ३, धनकुटाका ८ सय ३१, उदयपुरका १ हजार २ सय ३७, भोजपुरका १ हजार १ सय ७६, मोरङका १२ हजार ५६, इलामका १ हजार ६ सय ९०, ओखलढुङ्गाका १ हजार ३ सय ६६, खोटाङका १ हजार ६, झापाका ४ हजार ९ सय ७७, तेह्रथुमका ७ सय २३, सङ्खुवासभाका ९ सय ४९, सोलुका ६ सय ८६, सुनसरीका ५ हजार २ सय ३३ र पाँचथरमा ९ सय २४ लाई खोप लगाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार