कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुग्यो

काठमाडौं । नेपालमा मंगलबार थप ३ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १ हजार ९ सय ६९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ४१ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६२ हजार २ सय ५९ जना निको भएका छन् । हाल नेपालमा ३७ सय ६४ जना आइशोलेशेनमा छन् भने १ सय ९० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख २१ हजार ७१४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार