उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ९१ हजार ५ सयमा किबेच भइरहेको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै हिजो स्थिर रहेको चाँदीको मूल्य आज बढेको छ । महासङ्घले दिएको जानकारी अनुसार प्रतितोला १५ रुपैयाँले बढेर आज चाँदीको मूल्य १ हजार २ सय ४५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार