काठमाडौं । नेपाली स्थानिय बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले गिरावट भएको छ । महासङ्घका अनुसार हिजो ९१ हजार ३ सयमा कारोबार भइरहेको तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
तर सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । चाँदी आज पनि प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।