कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लुएचओको टोली चीनमा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ । कोरोना महामारीको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार विहान चीन पुगेको बीबीसीले जनाएको छ । लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो ।

१० सदस्यीय वैज्ञानिकको टोलीले शुरुमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिनेछन् । सिजिटिएनका अनुसार टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन् ।

कोरोना संक्रमण पहिलो पटक सन् २०१९ मा चीनको वुहानमा भेटिएको थियो । अहिले भने वुहान सहर सामान्य अवस्थामा फर्किसकेको छ । अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली २ हप्ता क्वारेन्टाइनमा बस्नेछन् । यसअघि चीनले डब्लुएचओबाट खटिएको यो टोलीका सदस्यको भिसा स्वीकृत नभएको जनाउँदै प्रवेशमा रोक लगाएको थियो । चीनका लागि उडिसकेका २ जना सदस्यमध्ये १ जना फर्किएका थिए । अर्का भने ट्रान्जिटमै अड्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार