कोरोना जित्नेको सङ्ख्या २ लाख ६० हजार १ सय ७७

काठमाडौं । नेपालमा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ५ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ । हाल ४४ सय २६ जना आइशोलेशनमा रहँदा २ सय ३१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २ लाख २ हजार २४ वटा पिसिआर परिक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार