घट्यो सुनचाँदीको मूल्य, किन्ने हैन त ?

काठमाडौं । नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ८ सय रुपैयाँले गिरावट आएको छ । महासङ्घले दिएको जानकारी अनुसार हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सयमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा मा कारोबार भएको चाँदी आज १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार