थप ४ सय ४५ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार काठमाडौंमा १ सय ७९, भक्तपुरमा १९ र ललितपुरमा ३९ जनामा समेत कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ । थप ४ सय १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा २ लाख ५९ हजार ७ सय ७२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हाल चार हजार ४ सय ३४ जना आइशोलेशनमा छन् भने २ सय ३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ वटा पिसिआर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार