काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट गर्नुुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उहाँले आगामी चुुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्छ, उहाँहरु खुुशी भएर नयाँ जनादेशमा जानुुपर्नेमा किन अप्ठेरो मानिरहनुुभएको छ ? भनी प्रश्न गर्नुुभयो ।
मन्त्री रायमाझीले भन्नुुभयो, “तीन वर्षसम्म सरकारमा बस्ने, अनि आफूू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुु¥याउने ? ढुुङ्गामुुढा र विरोध प्रदर्शन गर्ने ? सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?” निर्वाचन घोषण भएको शुुरुआती दिनमा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुुझेका र विस्तारै निर्वाचनका पक्षमा जनमतको लहर उर्लिरहेको उहाँले बताउनुुभयो ।
प्रतिपक्ष र नेकपाकै केही नेताले चुुनावमा जान हिम्मत नराखेको बताउँदै उहाँले भन्नुुभयो,“केही समयमै सत्य उजागर हुुनेछ, जनताले को देशको नायक हो भन्ने बुुझ्नेछन् ।’’ उहाँले नाकाबन्दी र भूूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेका छन् ।
मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुुनै विचार, राजनीति, योजना, विधि र मापदण्डका आधारमा नभई पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरामा पार्ने काम भएको बताउँदै उहाँले भन्नुुभयो, “बेठीक किसिमबाट झगडा र अन्तरविरोध भयो । वैचारिक र देशलाई समृद्धि गर्ने विषयमा बहस भएन । अनि निर्वाचनको कदम चाल्नुुप¥यो ।”
मन्त्री रायमाझीले सर्वसम्मत चयन भएको प्रधानमन्त्रीलाई विनाकारण विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अघि बढाउने उद्देश्यले चालिएको कदम गम्भीर त्रुुटि भएको टिप्पणी गर्नुुभयो । एक प्रश्नका जवाफमा उहाँले भन्नुुभयो, “कम्युनिष्ट पार्टीका नेतामा नै देखिएको तडकभडक र राज्यको ढुुकुुटी उडाउने जस्ता गलत प्रवृत्तिप्रति मेरो सहमति छैन, आफूूले त्यसप्रति कहिल्यै रुचि राखिन ।”
परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारतबीचका बैठकमा छलफलका लागि रहने कार्यसूचीमा भैरहवा–गोरखपुर ४ सय केभी प्रसारण लाइन पनि रहेको जानकारी दिँदै मन्त्री रायमाझीले भइरहेका संरचनालाई सुधार गर्ने तथा जमीनमुुनि विद्युतीय लाइन बिच्छ्याउने कामलाई प्राथमिकता दिइएको बताउनुुभयो । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन कम्प्याक्ट(एमसिसी सम्झौता) कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा प्रमुख राजनीतिक दलबीच छिट्टै निष्कर्षमा पुुग्न आवश्यक रहेको उहाँको भनाइ छ ।
यसैबीच नेपाली कांग्रेसकी नेत्री सुुजाता कोइरालाले संविधानमै प्रतिनिधिसभा एक कार्यकालका लागि ५ वर्ष तोकिएकाले उक्त अवधि अगावै हुने निर्वाचनका पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पार्नुुभएको छ । आज आयोजित साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री कोइरालाले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय सुनाउने विश्वास व्यक्त गर्नुुभयो । नेत्री कोइरालाले भन्नुुभयो, “हामी कुनै हालतमा पनि अहिले चुुनावका पक्षमा छैनौँ, समय अगावै चुुनाव गराउने कार्य प्रजातान्त्रिक होइन, संविधानको प्रावधानअनुुसार प्रतिनिधिसभा पुनःस्थापना हुनुुपर्छ, विकल्प छैन ।’’