स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको जित

एजेनसी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले सेभियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र सउल निगुएजले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा एन्जलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७६ औं मिनेटमा निगुएजले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । एट्लेटिकोले १६ खेलमा ४१ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ३७ अंक रहेको छ । सेभिया ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ । अर्को खेलमा ग्रानडाले ओसासुनालाई २–० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार