आज कति छ त सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको छ । महासङ्घले दिएको जानकारी अनुसार हिजो ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ९२ हजार ४ सयमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा मा कारोबार भएको चाँदी आज १ हजार २ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार