एमयूका ईन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीद्वारा प्रदर्शन

  अप्सरा विष्ट  54 पटक हेरिएको

कर्णली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा अध्ययनरत ईन्जिनियरिङ्ग संकाय विद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन् । आइतबार साँझ प्रहरी र विद्यार्थीबीच झडप हुँदा ३जना विद्यार्थी घाइते भएपछि नेविसंघले एमयूको मुल गेट अगाडी टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नु पर्ने लगायतका माग राख्दै आएका छन् ।

परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा आईतबार साँझ स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण वोगटी घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार