पाल्पा । संसद विघटन असंवैधानिक कदम भएको भन्दै पाल्पामा नेकपा प्रचण्ड-नेपाल समूहले विरोध कार्यक्रम गरेको छ । संसद पुर्नस्थापना हुनुपर्ने माग गर्दै नेकपा प्रचण्ड-नेपाल समुहले विरोध कार्यक्रम गरेको हो ।
केन्द्रिय कार्यक्रम अनुसार पाल्पाको नेकपा प्रचण्ड-नेपाल समुहलले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भष्ट्रचारी, भएकोले विघटित संसद पुर्नस्थापना गरी वर्तमान सरकारलाई हटाउनुपर्ने नारा लगाएका थिए ।
तानसेनको टुडिखेलबाट शुरु भएको विरोध र्याली लहरेपिपल, सिल्खानटोल, टक्सार, भगवतीटोल, शिलतपाटी, मखनटोल हुदै जिल्ला प्रशासन कार्यालय अगााडी विरोध सभामा परिणत भएको थियो । विरोध कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य सोम प्रसाद पाण्डे, तुलाराम घर्तिमगर, ठाकुर गैरेले सम्बोधन गर्नु भएको थियो ।