एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक

एजेन्सी । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए)ले खेल तालिका सार्वजनिक गरेको हो । एफएले सार्वजनिक गरेको ड्र अनुसार चौंथो चरणमै म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्ने छन् ।

साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ । यस्तै, चेल्सीले लुटोनसँग खेल्दा टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ ।

लेष्टर सिटीले ब्रेन्टफोर्ड, एभर्टनले सेफिल्ड वेनस्डे, वेस्ट ह्यामले डनकास्टर, ब्राइटनले ब्लाकपुल र फुलहमले बर्नलीसँग खेल्नेछ । ब्रिस्टोलले मिल्वाल, उल्भ्सले चोर्ले, नर्स्वीचले बर्न्सली र बर्नेमाउथले क्रली टाउनसँग खेल्नेछ । एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार