काठमाडौं । नेपाली स्थानीय बजारमा लगातार चौथो दिनसम्म घटेको सुनचाँदीको मूल्य अज बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । महासङ्घले दिएको जानकारी अनुसार हिजो ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९२ हजार ३ सयमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा मा कारोबार भएको चाँदी आज १ हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो ।