लहान । राष्ट्रियबीमा संस्थानले सिराहाको लहानमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बीच संस्थानले लहान शाखा कार्यालयको उद्घाटन गरेको हो ।
जीवन बीमा सेवालाई देशब्यपापी बनाई सर्वसाधारणको जीवनमा अन्तरनिहित जोखिम न्यून गर्न र छरिएर रहेको वित्तीय श्रोतलाई उत्पादनशील क्रियाकलापमा प्रवाहित गर्न शाखा विस्तारको गतिलाई तिव्र बनाएको छ ।
कार्यक्रममा लहान शाखाका प्रमुख बिजय कुमार ठाकुरले बीमाले जोखिम न्यून गर्न सहयोग पुग्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा संस्थानका प्रशासक श्री कवि प्रसाद पाठकसहित त्यस क्षेत्रमा सक्रिय अभिकर्ता जवाहर लालयादव र सुरेन्द्र यादवले आफ्ना भनाइहरु राख्नुभएको थियो । ०००