शिक्षण सिकाइ प्रभावकारी बनाउन कहिले र कसले चिन्तन गर्ने ?

काठमाडौँः
सबैले भन्छन् शिक्षा राम्रो हुनुपर्छ । शिक्षण सिकाइ प्रभावकारी हुनु पर्छ । तर यो कसरी सम्भव छ  भन्ने कुराको चिन्तन कहिले, कसरी र कसले गर्ने भन्ने प्रश्नको कहिल्यै अन्त्य हुन सकेको छैन् । शिक्षा र शिक्षणलाई कसरी राम्रो बनाउने भन्ने बारेमा अनेकन सिद्धान्त र विधिहरु उपलब्ध छन् । यो कुरा सर्ववितितै छ ।

अधिकांस लेखहरु प्रकाशित हुन्छन् शिक्षाका बारेमा । यसरी धेरै सिद्धान्त र लेखहरु आउनु राम्रो कुरा हो । विद्यालयमा नयाँ नयाँ शैक्षिक सिद्धान्त र नियमहरु प्रयोग हुँदै जानु पनि तपाई हामिहरुका लागि  प्रशंसनिय कुरा हो ।

अर्को प्रसङ्गमा भन्नु पर्दा शैक्षिक जगतमा आएका जति पनि यस्ता खाले नयाँ सिद्धान्त, नीति, नियम र लेखहरु सबै शिक्षाकर्मीहरुले पढनुपर्ने अति आवश्वक  पनि छ। अर्थात शिक्षा सिकाइ सम्बन्धि नयाँ – नयाँ नीति, नियम र लेखहरुमा शिक्षकले अपडेट हुन अर्को आवश्यकता देखिन्छ ।

समयक्रम संगै मानिस  अचेल पहिले जस्तो एउटै पेसामा पूर्णकालीन रुपमा आवद्ध रहेर बस्न सकिरहेको छैनन् । अर्को कुरा विभिन्न किसिमका पर्दामैत्री तथा द्रुत सुचना प्रविधि र सामाजिक सञ्जालको उपलब्धता र विकासले गर्दा कागजमा विस्तृत रुपमा छापिएका सामग्रीलाई ध्यान दिएर पढ्ने पाठकको पनि कमी हुँदै गएको छ ।

त्यसमा पनि लामा लामा लेखहरु पढ्ने मानिसहरुमा धैर्यताको कमि हुदैँ गएको छ । यस्तै कुरा विद्यार्थीमा पनि लागू भएको देखिन्छ । त्यसैले शिक्षा जगतमा आएका नयाँ नयाँ विधि र प्रविधिहरु प्रति सबै शिक्षकहरु चनाखो हुनु जरुरी छ ।

चनाखो हुनु  यस मानेमा जरुरी छ की शिक्षा र शिक्षणमा केही कुराहरु हाउगुजी भएका छन् । हाउगुजी भनेको त्यस्तो डर देखाउन प्रयोग गरिने कुरा हो, जसलाई केवल वर्णन गरिन्छ । तर यस्तै हो भनेर कसैले देखाउन सक्दैँन् ।

 

आमाबाबु र ठूला मानिसले चञ्चले नानीबाबुहरुलाई तह लगाउन यस्तो हुन्छ, उस्तो हुन्छ भनेर वर्णन गर्ने गरेजस्तो । शिक्षा जगतमा गुणस्तरीय शिक्षा, प्रभावकारी शिक्षा, व्यावहारिक शिक्षा आदिलाई यस्तै भाषा शैलीमा प्रस्तुत गरिन्छन् ।

शिक्षकलाई क्रियात्मक अनुसन्धान, विद्यार्थी केन्द्रित सिकाई, मामला अध्ययन, निरन्तर विद्यार्थी मूल्यांकन आदि जस्ता उपयोगी विधिहरुलाई यस्तै हाउगुजी बनाएर तालिम दिइन्छ ।  यही हो भनेर स्पष्ट रुपमा देखाउन नसकिएपछि जति वर्णन गरे पनि त्यो हाउगुजी नै हुन्छ, सुन्ने विद्यार्थीका लागि ।

गणित, अंग्रेजी, विज्ञान आदि जस्ता विषयलाई त झन् यो एउटा कठिन विषय हो भनेर विद्यार्थीलाई पढाउन शुरु गरिन्छ । मानिसले अहिले सजिलो खोज्छ । सुरु मै शिक्षकले गाह्रो छ भनेर चिनाइ दिएपछि कमजोर विद्यार्थीको त्यस विषय प्रतिको सोचाइ कस्तो बन्छ होला यो कुरा शिक्षकवर्गहरुले  सोच्न बाध्य हुनु पर्छ ।

त्यसैले, अबका दिनमा शैक्षिक लेखमा पनि चुस्त कुराहरु आउनु आवश्वयक छ ।
जस्तो की उदाहरणका लागिः
मौसम र हावापानी अनुसारका रुचि र आवश्यकता अनुसारका हेल्थ टिप्सहरु आयजस्तै, अर्थात अर्को भाषामा भन्दा सामान्यतया अनुहार चिटिक्क पार्न बिउटी कस्मेटिक प्रयोग गरे जस्तै शिक्षाका पनि समकालीन र उपयोगी टिप्सहरु आउन् अनि पो लगत्तै देखिएला शिक्षामा हामीले चाहे जस्तो प्रतिफल र उपलब्धिका संकेतहरु । नत्र एक जना शिक्षाविद्ले भने जस्तो बासी पुराणका ठेलीहरु दोहोर्‍याएर मात्र शिक्षा क्षेत्र चुस्त हुदैँ हुदैँन् ।

त्यस्तै अर्को सन्दर्भः

हामीले बाटोघाटो चोक गल्लीमा पत्र पत्रिकामा अथवा सहरका ठुल ठुला होर्डिङ बोर्डमा देखिने एउटा विज्ञापनको प्रसङ्गलाई जोडि हेर्दा ।
थाहै नपाइकन, जाँड रक्सीको कुलतबाट छुटाउन परेमा हामीलाई सम्झनुनोस् ।

सोचौँ त एकछिन् आमाबाबु परिवार बालबच्चा सबैलाई बिर्सेर हजारौँ रुपैयाँ सिध्याउने मानिसको लत त थाहै नपाई मानिसबाट हटाउन सकिन्छ भने सबैले चाहे खोजेजस्तो शिक्षा बालबालिकालाई हामीले थाहै नपाइ दिन किन नसक्ने ?

के यसका लागि कुनै उपाय छैन होला त ? गुलियो क्याप्सुलभित्र  तीतो औषधिलाई राखेर थाहै नपाइ औषधि खुवाए जस्तो गरी खुल्ला शैक्षिक पाठ्यक्रममा भएका कठिन कुरालाई लुकेको स्वरुपमा रुपान्तरण गरेर वा रमाईला क्रियाकलापका माध्यमबाट पढाइ दिए के होला । शिक्षक साथिहरुले यस्ता किसिमका सिदान्तलाई पनि अवलम्बन गरी हेर्ने की ?

विभिन्न स्रोत सामग्रीहरुबाट शैक्षिक सिद्धान्तहरु, पेसागत अनुभव र सफलताका कथाहरुको खोजी गर्ने प्रयास गरौँ जसले गर्दा आम विद्यार्थी वर्गमा प्रत्येक्ष रुपमा सहयोग पुर्याओस । शिक्षा सफलताका त्यस्ता टिप्सहरु सारमा समेटेर तयार गरौँ । यसरी तयार गरिएका सबै टिप्स एकै पटक लागू गरिहाल्नु पर्छ भन्ने छैन, आफुलाई जुन -जुन सबभन्दा बढी उपयोगी लाग्छन्, तिनलाई छनौट गरेर क्रमैसित उपयोग गर्ने कसरत गर्यो भने केहिमात्रामा भएपनि शिक्षा क्षेत्रमा सुधार नआउल भन्न सकिन्न ।

लेखकः जिल्ला शिक्षा  समन्वय इकाई डोटीका प्रमुख हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार