लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षा सम्पन्न्

पाल्पा । पाल्पाको तानसेनमा लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षा सम्पन्न् भएको छ । नेपाल आइटिएफ ते–क्वाण्डो महासंघले विभिन्न प्रतियोगितामा पदक बिजेता खेलाडी सम्मान सहित कालोपेटी परीक्षा गरेको हो । लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षामा कालोपेटी प्रथममा १३, दोस्रोमा ३७ र तेस्रामा ७२ जना खेलाडी सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये सात जनाको पुनः परीक्षा लिनुपर्ने भएको महासंघका अन्तर्राष्ट्रिय प्रशिक्षक खेम बहादुर सारुले बताउनुभयो । सोही अवसरमा नेपाल आइटिएफ ते–क्वाण्डो रोल्पाले आयोजना गरेको भर्चुअल प्रतियोगितामा विजयी खेलाडीलाई समेत पुरस्कार तथा पदक बितरण गरिएको थियो ।

नेपाल अन्तर्राष्ट्रिय ते–क्वाण्डो महासंघका राष्ट्रिय उपाध्यक्ष अञ्जुनाथ श्रेष्ठले नेपालमा पछिल्लो समय खेल र खेलाडीको विकासका लागि सरकारको बजेट प्राथमिकतामा नपर्नु दुःखद विषय भएको बताउनुभयो । विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै राष्ट्रको छवी उच्च राख्न अनुशासनको पालन गर्नु अत्यावश्यक भएको बताउनुभयो ।

प्रतियोगितामा पाल्पाले तीन स्वर्ण, दुइ रजत र १० काँस्य पदक जितेको थियो । पाल्पाबाट स्वर्ण पदक बिजेता बीरेन्द्र बुढा, यनिज गुरुङ, रजत पदक जित्ने उज्जल गहतराज र नारायण बुढा साथै काँस्य पदक जित्ने विद्यान राई, रोशनी श्रेष्ठ र बिक्री पुनलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा नेपाल अन्तर्राष्ट्रिय ते–क्वाण्डो महासंघको सहकार्यमा पाल्पा जिल्ला आइटिएफ ते–वाण्डो संघले गरेको प्रथम आइटिएफ पुरुष भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय ते–क्वाण्डो प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार