काठमाडौं । नेपाली स्थानीय बजारमा लगातार आज चौथो दिन पनि सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुिाचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो ।
यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ८ सय रुपैयाँले गिरावट आएको छ । महासङ्घले दिएको जानकारी अनुसार हिजो ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ७ सयमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा मा कारोबार भएको चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।