‘‘भ्रमको कलेवर’’

  मदन दुलाल  129 पटक हेरिएको

 

कविता

‘‘भ्रमको कलेवर’’

अचेल
कविता छ
कवित्व छैन, नारा छ

निबन्ध छ
चिन्तन छैन, चिन्ता छ

कथा छ
सघन साधाना छैन, सतहि लहड छ

आख्यान छ
वैचारिकी छैन, विरोधाभाष छ

साधानाको अतल गहिराईमा स्फूरण छ
तर रमाएर सतहमा
गहिराईको स्फूरण चुम्न नसक्नु बिडम्बना

नसके पछी टिप्न सागरको मोती

बिम्बको निम्छरो प्रयोगले
कविले दिउसै रात पार्छ

शैलीको निर्मम बलात्कार गर्दछ

ऐनमौकामा
अन्य (कार) (हरूले घटनालाई नौलो आयाम करार गर्दछन्

नयाँ आयाम
भ्रमको परिष्कृत मोडल तयार गर्दछ

भ्रमको कलेवर बजार पिट्दछ

साहित्यले बजार ताकेपछि
बजारले साहित्य मागेपछि

नारा, चिन्ता र लहड बिक्रि हुन थाले

हो त्यसै दिनदेखी
अक्षरहरूले ढाँट्न थालेका

हो त्यसै दिनदेखी
शब्दहरूले छल्न थालेका

अक्षरहरूको ध्रुविकरण किमार्थ ठिक होईन
शब्दहरूको ध्रुविकरण किमार्थ सहि होईन

 

 

मदन दुलाल
अमेरीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार