म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

सो प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरेकी छन् । उनले निर्धारित दूरी ३ घण्टा ४६ सेकेण्डमा पूरा गरेकी हुन् । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले ३ घण्टा ९ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भए । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त प्रप्त गरेकी थिइन ।

भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चांैथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा भएका छन् । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमापछि पर्नुभएको प्रशिक्षक धनीराम चौधरीको भनाइ छ ।

उनले १३औँ सागमा भने म्याराथनमा स्वण जितेका थिए । उक्त प्रतिस्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका छन् । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो हुन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार