एक्कै दिन २ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली स्थानीय बजारमा लगातार तिनदिनसम्म सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार आज एक्कै दिन प्रतितोला २ हजार ३ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो । आज प्रतितोला ९३ हजारमा छापावाला सुन किनबेच भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार छापावाला सुनक प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि २ हजार ३ सय रुपैयाँले घटेको छ । शुक्रबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार ५ सय कायम भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । चादीँ तोलाको ६० रुपैयाँले घटेर आज १ हजार २ सय ७० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतिातोला १ हजार ३ सय ३० रुपैयाँ रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार