लकडाउन पछिको पहिलो चलचित्र ‘एउटा यस्तो प्रेम काहानी’ प्रदर्शन हुँदै

काठमाडौं । लकडाउन पछि नेपालमा पहिलो चलचित्र प्रदर्शनमा आउँन लागेको छ । अग्रज अभिनेता शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आगामी माघ १ गते देशभर प्रदर्शन हुन लागेको हो ।
कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढि प्रभावित बनेको छ । सम्पुर्ण क्षेत्र खुलिसक्दा पनि यो क्षेत्र खोल्न सरकारले अनुमति दिएको छैन । यद्यपी चलचित्र संघको स्वघोषित निर्णयमा पौष १० गते देखि हल सञ्चालनमा आएका छन् । हल सञ्चालनमा आएपनि दर्शक हलसम्म आउने वातावरण अझै सिर्जना भएको छैन । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त चलचित्र माघे संक्रान्तिमा प्रदर्शन निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
शिव श्रेष्ठको प्रस्तुति रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीत पनि सार्वजनिक गरिएको छ । बसन्त सापकोटाले संगीत सिर्जना गरेको यो गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ । त्यस्तै अग्रज अभिनेत्री करिश्मा र विनोद मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का उपस्थित हुनुहुन्थ्यो । उनीहरुले विगत ९ महिना देखि कोरोना महामारीका कारण बन्द रहेको सिनेमा हल संचालनको लागि करोडौं लगानीको जोखिम मोलेर चलचित्र प्रदर्शन गर्न तयार भएको भन्दै एउटा यस्तो प्रेम कहानीलाई सफलताको शुभकामना दिए ।
अभिनेता श्रेष्ठले भन्नुभयो ‘४० वर्ष देखि निरन्तर दर्शकको माया पाएकै कारण कोरोना महामारीका बीच चलचित्र क्षेत्रलाई चलायमान गर्नको लागी करोडौं लगानीको जोखिम लिएको छु ।’ चलचित्रमा लभस्टोरी–एक्सन ड्रामामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैहुनुहुन्छ । फिस्टेल मुभिजको ब्यानरमा निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को निर्देशक दिपेश सापकोटा हुनुहुन्छ । यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेको उक्त चलचित्रमा खुम तामाङ, सुनिल कट्वाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्माताका रुपमा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार