महाेदयका बलात्कारी आँखा

  शर्मिला न्यौपाने  320 पटक हेरिएको

नेपालमा लकडाउन हुनु भन्दा एक महिना अगाडि फागुन पहिलो हप्ताको कुरा हो । अनामनगर (अफिस ) बाट सदा झैँ साझ साँझ पाँच बजे निस्किए पहिला भन्दा अलि हतारिँदै । कारण थियो भर्खरै विवाह गरेकी साथीलाई भेट्नु पर्ने । ६ बजे भेट्छु होला भन्ने आशमा हिडेकी मलाई काठमाडौंको जामसङ्गै माइक्रोको ब्रेकले झ्याप्प–झ्याप्प रोक्दै ’साढे छ’ नै बजायो । काठमाडौँमा अड्कलेको समय र पैसाले कहिल्लै पुग्दैन । निर्धारित समय भन्दा आधा घण्टा ढिलो गरी पुगेँ शखी भेट्न ।

भेट हुनासाथ मेरो नजर उस्को शिरमा पर्यो । जहाँ परैबाट देखिने गरी सिन्दुर लगाएकी ऊ विगत भन्दा फरक देखिएकी थिई । यति धेरै सिन्दुर ? अनि फेरि मनमनै सोचेँ भर्खरै विवाह गरेको १५/१६ दिन भएर होला । नौली दुलही भएर पनि त होला नि ! यो चाहिँ आफ्नै मनको तर्कना थियो । रहरले लगाई वा जरुरी ठानेर लगाई उसैले जानोस् । तर उस्ले त ५ महिना पहिला भेट्दा अझै ५/६ वर्ष अघि विवाह नगर्ने बताएकी थिई । अनि अहिले, यो उस्को रहर थियो होला कि बाध्यता ? सायद यो प्रश्न मैले उसलाई समय मिलाएर सोध्नु पर्छ । बिहान्ड द स्टोरी के हो ? बेलिबिस्तार लगाउने कुनै दिन आउला ।

विवाहपूर्व हाम्रो भेट मौका संयोगले मात्र हुन्थ्यो । समय नै निकालेर भेटम बात मारम् भन्ने खासै भएन । तर यसपटक ऊ मलाई भेट्न निकै आतुर थिई त्यसैले त म भन्दा पहिला नै भेट्ने भनेको ठाउँमा आएर मेरो ब्यग्र प्रतिक्षा गरेर बसेकी थिई ऊ । माइती गाउँको कुकुर पनि प्यारो हुन्छ भन्ने सुनेकी थिएँ हो रहेछ क्यारे । साथी अनि माइतीको कति माया लाग्दो रहेछ विवाह गरेर गएपछि ? म सोचमग्न हुँदै उस्को छेउ पुगेँ । कहिलेकाही त लाग्छ प्रकाशको तिव्रता र हावाको वेग भन्दा छिटो हाम्रो माइन्ड (दिमाग ) चल्छ होला र त केही सेकेन्डमै हजारौं कुराहरू सोच्न भ्याइन्छ । यस्तो नहुने हो भने उस्लाई देख्नासाथ यत्ति धेरै सोच कसरी आए होलान् मेरो दिमागमा ? यस्ता अनुत्तरित प्रश्न प्रत्येक मानिससँग नहोलान भन्न सकिन्न ।

सामान्य गफ हुँदै गर्दा बीचमा उसले ‘शर्मिला सुनन, मलाई त बुढाले पहिलाको फेसबुक नचलाउनु, को–को सँग बोल्ने गरेकी थियौ होला ? अब थर फेरेर नयाँ आइडी बनाउनु, भन्नु भयो है । कस्तो रिष उठ्यो भने, कत्ति न अरू केटासँग लभ नै परेको जस्तो, विश्वास नहुनिले बिहे गर्छु भन्दै किन माग्न जानु ?’ एकै स्वासमा आफ्ना कुरा सकी । छेवैमा रहेका श्रीमानले भने श्रीमतीको उक्त कुरा हाँस्नु बाहेक कुनै प्रतिक्रिया जनाएनन् ।
सायद बुढालाई तह लगाउन खोजेकी थिई, वा मैले उसको बुढालाई सम्झाइदेओस् भन्ने चाहन्थी होली ऊ, त्यसैले त सुनाएकी होली ।

हिमाली जिल्लामा जन्मिएकी ऊ विवाह गरेर काठमाडौंकी स्थायी बासिन्दा बनेकी थिई । सुनका गहनाले सजिएकी उस्को हातमा “आइफोन’’ थियो । गाउँमा “भात’’ भनेर हुर्किएकी मान्छे अब “भुजा’’ भन्ने भइछ, “आएछन्, गएछन्’’ भन्ने बानी “आइस्यो, गइस्यो ’’ मा परिवर्तन भएछ । केही दिन अघिसम्म लोकल बस र माइक्रोमा कोचिएर यात्रा गर्ने दैनिकी अब श्रीमानको कुम समाएर बाइकको पछाडि बस्नेमा पुगेछ । उस्लाई हेर्दा लाग्छ धन दौलत र भौतिक सुख सुविधाको अभाव छैन । फेरि बिचमा प्रश्न त आइहाल्छ, अनि उस्को स्वतन्त्रता ? सुख सयलको जीन्दगीमा स्वतन्त्रता भएन भने त्यसको के अर्थ । सायद दिनदिनै उसका स्वतन्त्रता खोसिदै थियो ।

यो त उस्ले पोते नामको ’डोरी’ र सिन्दुर नामको ’रङ्गिन’ छाप शरीरमा धारण गरे देखि नै श्रीमानलाई सुम्पिसकेकी थिई । त्यसैले त विवाहको भोलिपल्ट फोटा पोस्ट गर्न खोज्दा, थर फेरेर नयाँ आइडी चलाउने आदेश आयो ।

यो त उस्ले पोते नामको ’डोरी’ र सिन्दुर नामको ’रङ्गिन’ छाप शरीरमा धारण गरे देखि नै श्रीमानलाई सुम्पिसकेकी थिई । त्यसैले त विवाहको भोलिपल्ट फोटा पोस्ट गर्न खोज्दा, थर फेरेर नयाँ आइडी चलाउने आदेश आयो । थाहा छैन उस्का श्रीमानले ‘विवाह पहिला म पनि अरु केटीसँग बोल्थ्येँ, फेसबुक आइडी परिवर्तन गर्छु’ भनेर सोचेकी सोचेनन् । तर पनि नेपाली समाजमा जन्मिएको पुरुषप्रधानता देखाएरै त छोडे । त्यसो त सामाजिक रीतिरिवाजहरु छन्, सामाजिक प्राणी भइसकेपछि राम्रो नराम्रो खुट्याएर कतिपय कुराहरु स्वीकार गर्नु पनि पर्छ । तर रीतिका नाममा कुरिती अङ्गाल्नु पनि त भएन । समझदार मान्छेले समझदारी देखाउने भनेको यस्तै बेला हो ।

अब सहकर्मी वा पुरुष आफन्तसँग बाइकमा हिड्दाको प्रसङ्ग निकालौ । शुुरुशुरुमा एक दुई पटक सामान्य रुपमा अगाडि बढेको यात्रा बिस्तारै फेरिन थाल्छ । पहिला त्यही महिलाको बाइकमा बस्ने उही बसाइ ठीक भइरहेको पुरुषलाई अब त्यो मन पर्दैन । अनि महिलालाई भन्न थाल्छन् “तपाईंको ह्याण्ड ब्याग बीचमा नराख्नुन मलाई अप्ठ्यारो भयो, तपाईं धेरै पछाडि बस्नु भएको छ अगाडि आउनुन मलाई दह्रोसङ्ग समाएर बस्नुस नत्र लड्नु होला । ’’

उस्को नियत महिलालाई सहयोग गर्नु हुँदैन । हुन्छ त केवल महिलाको छाती (स्तन) ले आफ्नु ढाडमा स्पर्स गरेर सन्तुष्टि प्राप्त गर्नु । यो कुरा बुझेर पनि कतिपय अवस्थामा महिलाले भन्न सकिरहेका छैनन् । के साच्चै महिलाको स्पर्स बिना पुरुषले बाइक चलाउनै सक्दैनन् ? वा महिलाले सधैं यस्ता हिंसालाई सामान्य रुपमा लिएर मात्रै बस्नु पर्ने हो ?

उस्को नियत महिलालाई सहयोग गर्नु हुँदैन । हुन्छ त केवल महिलाको छाती (स्तन) ले आफ्नु ढाडमा स्पर्स गरेर सन्तुष्टि प्राप्त गर्नु । यो कुरा बुझेर पनि कतिपय अवस्थामा महिलाले भन्न सकिरहेका छैनन् । के साच्चै महिलाको स्पर्स बिना पुरुषले बाइक चलाउनै सक्दैनन् ? वा महिलाले सधैं यस्ता हिंसालाई सामान्य रुपमा लिएर मात्रै बस्नु पर्ने हो ? अरू कोही साथीलाई सुनाउँ अधिकांशले ‘ह्या यस्तो सामान्य कुरा’ भनिदिन्छन् । प्रहरीलाई उजुरी गर्न जाउँ भने धेरै ठूलो घटना पनि होइन । झट्ट हेर्दा सुन्दा त सामान्य कुरा जस्तो पनि लाग्छ । सामान्य लाग्ने यस्तै सानासाना कुराहरुले समाजमा जघन्य अपराधका घटनाहरुले प्रश्रय पाइरहेको छ । हाम्रो नेपाली समाजको मानसिकता भनेको दुःख, अन्याय, हिंसामा परेको बेला सहयोग गर्नु भन्दा बढी उक्त घटनाको विषयमा टिक्काटिपणी गर्ने गरिन्छ । अझ भनौं महिलाको व्यवहार र चरित्र माथि नै शंका गर्न थालिन्छ ।

यस्तो समस्याको कारण बुझेर पनि नबुझेको जस्तो गर्नु पर्ने बाध्यात्मक परिस्थिति हामी माझ रहिरहेको छ । फलस्वरूप महिला हिंसा क्रमशः बढ्दै जान्छ र त्यसको भागिदार हामी सबै छौँ । भने जिम्मेवार पनि हामी नै हौँ ।

पछिल्लो समय नेपालमा भएका हिंसाका कहाली लाग्दाे तथ्याङ्क यसैको प्रमाण हो । गत आर्थिक वर्ष २०७६/७७ मा १५ हजार ७ सय १९ ओटा विभिन्न खाले हिंसाका घटना भएकाे प्रहरीको तथ्याङ्क छ । त्यसमध्ये सबैभन्दा धेरै बलात्कारका घटनाहरु भएका छन् २१ सय ४४ भने ६ सय ७७ वटा बलात्कारका प्रयास भएका छन् । घरेलु हिंसाको कुरा गरिसाध्य छैन ११ हजार ७ सय ३८ घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । प्रहरीसमक्ष नपुगेका घटनाहरु कति होलान् ।

अरु त अरु विश्व कारोना महामारीले आक्रान्त बनिरहेका बेला, जतिबेला सहयोग र सद्भावको जरुरी थियो त्यस्तो अपठ्यारोको बेलामा पनि पापीहरुले हिंसा गर्न छोडेनन् । लकडाउन अवधिमा मात्रै पनि करिब साढे ४ हजार हिंसाका घटना भएको प्रहरीको तथ्याङ्कमा छ । चैत्र ११ गतेदेखि साउन १० गतेसम्म ७ सय १७ बलात्कारका घटना भएका छन् भने घरेलु हिंसाका घटना १९ सय बढी दर्ता भएका छन् । यातना सहेर बस्नेहरुको सङ्ख्या कति होला, धेरैको अनुमान फेल खान सक्छ । सरकारी तथ्याङ्क नै यति डरलाग्दाे छ भने भाेग्नेहरूकाे अवस्था झन् के हाेला ?

“महिलालाई स्वतन्त्र पूर्वक बाच्न पाउने व्यवस्था गर, बलात्कारीलाई कडा कारवाही गर’’ भन्दै प्लेकार्ड बोकेर माइतीघर लगायत देशै भरी नारा लगाउँछौँ । त्यो जुलुसमा सहभागी मध्य कति त भर्खरै त्यही जुलुसमा सहभागी हुन जाँदै गर्दा हिंसा गरेर वा हिंसा भोगेर गएका हुन्छौँ । तर हामी त्यस्को मत्लब गर्दैनौं । फेरि प्रश्न, हिंसा भोग्दै र गर्दै नारा लगाएर अधिकार माग्नुको औचित्य के ?

अर्कोतिर हुन्छन् केहि नमुना मनुवाहरू । जस्को पद, प्रतिष्ठा, मान, मर्यादा, योग्यता भनेको साहु, हाकिम, नेता, उद्योगी आदि हुन्छ । काम गराई आफू मातहतका कर्मचारी वा व्यक्तिलाई उपयुक्त सेवा सुविधा दिन नसक्नु साथै समयमा तलब खुवाउन नसक्ने । बानी हुन्छ काम सकेर फर्किन लागेकी महिलालाई “मिस÷म्याडम आज सङ्गै बसेर बियर÷वाइन खाउँन, घर जान एक÷डेढ घण्टा त ढिलो हुनि हो नि ।’’ कति पोलाइट (सकारात्मक) अनुरोध छ है ? तर त्यसो भन्नुको उद्देश्य पनि राम्रै होला त ? त्यती मात्रै भएन छुट्टिको दिन घर बसेकी मान्छेलाई समेत फोन गरेर भन्न भ्याउछन् “ म्याडम हजुरसँग घुम्न मन छ मलाई, आज कतै जाउन है ?’’

काम लगाएका मान्छेलाई ज्याला दिन नसक्नेसँग कुनै केटी घुमाउने पैसा काहा बाट आउँछ होला ? कतै आफ्ना कामदारलाई उचित दाम र सेवा दिन सक्दिनँ भन्नु बाहाना त हैन ?
यो हामी धेरैले देख्दै र भोग्दै आएको समस्या हो । तर पनि खै किन हामी तै चुप मै चुप गरेर बसिरहेका छौँ । यस्ता घटना बुझ्छौ, र यस्तो गर्नु हुन्न भनेर लेख्छाँै पनि तर बोल्दैनौं । हाम्रो प्रवृत्ति भनेको आफूले जाने बुझेका कुरालाई व्यवहारमा लाग्नु नगर्नु रहेको छ । जसका कारण हिंसा र अन्यायको चपेटामा पर्न बाध्य हुन्छौं ।

त्यती मात्रै होइन एउटी महिलाले अलि टाइट (फिटिङ) र छोटो (वान पिस) कपडा लगाएर फेसबुकमा फोटो पोस्ट गर्दा कमेन्ट गर्नेहरुको ओइरो लाग्छ । वर्षौं पहिलेदेखि साथी भएर पनि बोल्नु त परकै कुरा कुनै पोस्टमा रियाक्ट समेत नगरेको मान्छे आएर भन्छ ‘‘ओहो ! हजुर त कति राम्री, सेक्सी लाग्यो, मन पर्यो मलाई त ।’’ खास मन परेको अनुहार (रुप) कि शरिरका अङ्ग ? महोदय, तपाईंको यस्तो नजर र भनाइ (म्यासेज) लाई आँखाले गर्नु भएको बलात्कार भन्दा केही आपत्ति हुन्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार