गजल
पानी परिरहेको बेला आगो बाल्न नसकिने रहेछ
आफ्नैले दुखाएसि मन सम्हाल्न नसकिने रहेछ
साथ दिएको मान्छेले घात गरेपछि थाहा पाएँ
सर्पलाइ दूध खुवाएर घरमा पाल्न नसकिने रहेछ
तिमीलाई बिर्सने कोसिस पटकपटक गरेको हुँ,
जत्ति कोसिस गरे नि याद पखाल्न नसकिने रहेछ
आफ्नाको अगाडि रोएर मन हलुका गर्न सकिएला
तर पराइको अगाडि त आँसु खसाल्न नसकिने रहेछ
दिमागमा राखेको भए उहिल्यै निकालिसक्थेँ मैले,
मनमा कोहि राखेपछि सजिलै निकाल्न नसकिने रहेछ
✍️अतित आचार्य
नवलपरासी