पार्टीभित्रबाट काम गर्न नदिएपछि संसद विघटन गर्नुपर्याे : नेता रायमाझी

 530 पटक हेरिएको

 

काठमाडौं । नेकपा केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीभित्रबाट सरकारलाई असयोग र काम गर्न अवरोध गरेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको दाबी गर्नुभएको छ ।
रिपोटर्स क्लब नेपाले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको दाबी गर्नुभएको हो । सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको उहाको भनाई छ ।

साक्षात्कारमा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलले संसद विघटन संविधान विपरित रहेको बताउनुभयो । अहिलेको संविधानले संविधान विघटनको परिकल्पना नै नरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको कदम गैर संवैधानिक रहेको बताउनुभयो ।

त्यस्तै साक्षात्कारमा कांग्रेसकी नेतृ पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको आरोप लगाउनुभयो । नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको उहाको भनाइ छ ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारले अहिले चूनाव नै गर्न नसक्ने बताउनुभयो । संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको उहाको भनाई छ । प्रधानमन्त्रीले आफ्नो पद धरापमा परेपछि संसद घिटन गरेको नेता कर्णको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार