काठमाडौं । साहित्य परिषद् भुटानको शिक्षा विभागले नेपाली भाषाको पुस्तक तयार पारेको छ । विभागले डायस्पोराको लागि पहिलो तहको पुस्तक ‘नेपाली भाषा पाठ्यक्रम’ तयार गरेको हो । १ सय ४६ पृष्ठको उक्त किताबमा ४५ वटा पाठ्योजना र ३ वटा प्रश्नपत्र रहेका छन् । यसका साथै बोर्डको डिसेम्बर २० मा अमेरीकामा बसेको बैठकले अनलाइन जुम मार्फत पुस्तकको विमोचन जनवरी २३ (शनिवार)मा बिहानको आठ बजे गर्ने निणर्य गरेको छ । विमोचन पश्चात् किताबलाई नेपाली भाषा पढाइ हुने अमेरीका, क्यानडा लगायतका देशमा पुर्याउने योजना विभागसँग रहेको छ ।
परिषद्को पाठ्यक्रम विकास निर्देशकको रुपमा खिम खतिवडा, शिक्षा विभागमा डा. खेम नेपाल, खगेन्द्र भण्डारी जन्तरे, डा. लक्ष्मीनारायण ढकाल, सोम आचार्यले काम गर्दै आउनुभएको छ । निर्देशक खतिवडाका अनुसार पहिलो तहको पुस्तक बजारमा ल्यएपछि विद्यार्थीको मनोविज्ञान र शिक्षकसँग परामर्श गरि अन्य तहका पुस्तक प्रकाशन गर्ने योजना विभागले लिएको छ ।
यस्तै साहित्य परिषद् भुटानका निवर्तमान अध्यक्ष भक्क्त घिमिरेले डायस्पोरामा रहेका भुटानी/नेपालीका लागि ‘नेपाली भाषा पाठ्यक्रम’ पुस्तकको आवश्यकता रहेको बताउनु भएको छ । जुम मार्फत डेढ घण्टा भएको छलफल पुस्तक प्रकाशन, परियोजना र वितरण कसरी गर्ने ? भन्ने विषयमा केन्द्रित थियो ।
सन् १९९३ मा भुटानी सरणर्थी शिविरमा स्थपना भएको ‘साहित्य परिषद् भुटान’ पछि अमेरीकामा सन् २०१६ मा गैर नाफामुखि संस्थाको रुपमा दर्ता भएको हो । परिषद्ले सामूहिक कथा सङ्ग्रह नेपाली भुटानी कथाहरु प्रकाशन गरिसकेको छ ।