गजल
छ तिमीलाई सम्झिरहने आदत मेरो
बस्न पनि कस्तो बसेछ यो लत मेरो
बिर्सुँ भन्छु मान्दैन मन, भरिन्छन् आँखा
नछुट्ने रहेछ आँसुसँगको संगत मेरो
मुस्कुराउँछु, बर्बराउँछु , चुपचाप हुन्छु
के-के भयो यो पागल जस्तै हर्कत मेरो
तिमी निर्दोष छ्यौ अदालत किन चाहियो ?
प्रमाण यहाँ, हाजीर छ मुटु साक्षत मेरो
कैद थिएँ म कैद गरिरहनु, जिन्दगी भरी
फुटाई दिन्छु दिल,लिन्छु जमानत मेरो
अस्विकार हो तिम्रो भगवान,तिम्रो देवता
हेरौँ कसले डगाउन सक्छ ताकत मेरो
- हिम शिखर
अमेरीका