राष्ट्रिय झण्डा दिवस आज

 1358 पटक हेरिएको

काठमाडौं । आज तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा, मेरो पहिचान’ भन्ने नाराका साथ बुधबार तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धावान नेपाल, राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

उनीहरुले राष्ट्रिय झण्डा दिवसका अवसरमा काठमाडांैको माइतीघर मण्डलामा ¥यालीको समेत आयोजना गरेका थिए । ¥यालीमा उनीहरुले राष्ट्रियता भनेको झण्डा, भाषा, संस्कृति, पोशाक, र सम्पदाको संरक्षण हो भन्ने जस्ता प्ले कार्डहरु बोकका थिए । झण्डा दिवस कुनै पार्टी कुनै दलसँग नसमेटिई स्वतन्त्र अभियान्ताहरुले सुरुवात गरेको अभियान भएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डब्यले बताउनुभयो ।

विश्वमा नेपाललाई चिनाउने झण्डालाई नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले तीन वर्षअघिदेखि नेपालमा डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो । ०००

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार