रक्तदान गर्नु जीवन दान गर्नु सरह हो : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले रक्तदान गर्नु जीवन दान गर्नु सरह भएकाले सबैले रक्तदान गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार १४औँ संघीय संसद सेवा दिवस २०७७ को अवसरमा सिंहदरबारमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै सभामुख सापकोटाले सबैलाई रक्तदान गर्न आह्वान गर्नुभएको हो ।

उहाँले सामान्य अवस्थामा रगत अभाव हुने गरेकोमा अहिले कोरोना महामारीका कारण झनै रगत अभाव भइरहेको भन्दै रक्तदान गर्न आवश्यक रहेको बताउनुभयो । सभामुख सापकोटाले कोरोना महामारीलाई १ सय वर्ष यता मानव जातीले बेहोरेको सबै भन्दा ठूलो संकट भन्दै कोरोना संक्रमण मुक्त भएकाहरुलाई प्लाज्मा दान गर्न समेत आग्रह गर्नुभएकोछ ।

संघीय संसद सेवा दिवसका अवसरमा आयोजना गरिएको रक्तदानमा सांसद लगायत संसद सचिवालयका कर्मचारीहरुले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार