६ वर्षसम्म श्रीकृष्णको यादमा बसेकी श्वेता नयाँ वैवाहिक जिवनमा

काठमाडौं । आज अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् । उनको यो दोस्रो विवाह हो । श्वेताले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन् । उनको विवाह ‘गोकर्ण फरेस्ट रिसोर्ट’मा भएको छ । चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते उनै श्रीकृष्णसँग लगन गाठो कसेकी थिइन् । उनले आधा दर्जनभन्दा बढी सिनेमामा अभिनय गरिसकेकी छन् । बिडम्बना उनको खुसि धेरै समय टिक्न सकेन । अन्नतः क्यान्सर रोगका पीडित श्रेष्ठले अग्निसाक्षि राखि सात फन्का लगाएर सँगै जिउने सँगै मर्ने बाचा पुरा गर्न सकेनन् । विवाहा गरेको एक महिना नपुग्दै श्वेताको सिउँदो पुछियो । विगत ६ वर्ष देखि उनै स्वर्गिय श्रिमानको यादमा बाचेर समाज सेवा गर्दै आएकी अभिनेत्री खड्काले नयाँ जिवनको शुरुवात विजयेन्द्रसिंह रावतसँग गरेकी हुन् ।

विवाहको पूर्व सन्ध्यामा सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा भावुक स्टाटस पोस्ट गर्दै उनले भनेकी छन्, ‘एक्लै जीवन काट्न सकिन्छ, भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । अब उठ्नै सक्दिन कि ? भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिड्नु भन्दा पनि कठिन रहेछ।’ उनको यो स्टाटस पढेर धेरैले आफु भावुक भएको भन्दै नयाँ जिवनको शुभकामना दिएका छन् ।

 

अभिनेत्री खड्का थप्छिन् ‘आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन ।’

 


आइतबार बेलुका नै ‘मेहन्दीको रङहरु सँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’ भनेर क्याप्सन लेख्दै मेहेन्दी लगाएको फोटा पोस्ट गरेकी छन् । दुलाहाको तर्फबाट बाँडिएको कार्ड सार्वजनिक भएसँगै उनको विवाह हुने पुष्टि भएको थियो ।

 

तस्बिरहरुः  श्वेताको फेसबुकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार