१३ सय ४३ जना कोरोना भाइरसका नयाँ संक्रमित, २१ सय ११ निको

 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कोरोना जित्नेको सङ्ख्या २१ सय ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै कोरोनाको कारण बिहिबार मात्रै १३ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या १५ यस ५१ जना पुगेको छ ।

 

अहिलेसम्म २ लाख ३७ हजार ५ सय ८९ जनामा भाइरसको संक्रमण देखिएको र ति मध्ये २ लाख २० हजार २ सय ७२ जना निको भएर घर फर्कि सकेका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या १५ हजार ७ सय ६६ जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

 

यस्तै हालसम्म देशभरि १७ लाख ६३ हजार ९ सय १९ वटा पिसिआर परीक्षण गरिएको छ भने, १५ हजार ७ सय ६६ जना आइसोलेसन र ५ सय ७६ जना क्वारेन्टीनमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार