च्याम्पियन्स लिगमा पीएसजीद्वारा युनाइटेड पराजित

 

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । समूह एच अन्तर्गत फ्रान्सेली क्लब पीएसजीले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको हो ।

 

पीएसजीको जितमा नेइमारले २ र एक गोल माक्र्युनोसले गरे । त्यस्तै युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले फर्काए । युनाइटेडका फ्रेडले खेलको ७० औं मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । युनाइटेडलाई हराएको पीएसजीलाई नकआउट चरण पुग्न सहज भएको छ ।

 

पीएसजीले युनाइटेडलाई हराएपछि समूह एचमा पीएसजी, युनाइटेड र आरबी लेइपजिंगको ९÷९ अंक रहेको छ । त्यस्तै इस्तानबुल बासाकसेहिरको ३ अंक छ । समूह एचको अर्को खेलमा आरबी लाइपजिंगले इस्तानबुललाई ४–३ गोलले हरायो । अब अन्तिम खेलमा पीएसजीले इस्तानबुलसँग खेल्नेछ भने युनाइटेडले आरबी लेइपजिंगसँग खेल्नेछ । समुह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार