पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

 

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । केही दिनदेखि अस्पतालको अति सघन कक्षमा उपचाररत जमालीको बुधबार निधन भएको हो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ ।

 

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए । तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार