आजमात्रै सुनकाे मूल्यमा १६ सय रुपैँयाले वृद्धि

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि  वृद्धि भएको छ । आज मात्रै सुन प्रतितोला १६ सय रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार बुधबार तोलाको ९१ हजारमा कारोबार भएको छापावाला सुन आज ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

 

त्यस्तै तेजाबी सुनको मूल्यमा पनि १६ सय रुपैँयाले वृदिभएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० मा कारोबार भएको छ । हिजो तेजाबी  सुनको मुूल्य ९० हजार ५ सय ५० रुपैँया थियो ।

 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार १ सय ८५ मा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैँयाले बढेर १ हजार २ सय ५ मा किनबेच भइरहेको छ । केही दिन लगातर घटेको सुनचाँदीको मूल्य विगत २/३ दिनदेखि फेरी बढ्न थालेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार