सपना रोका मगरलाई मगर संघद्वारा सम्मान तथा उच्च शिक्षाका लागि आर्थिक सहयोग

  नाइस सम्वाददाता  687 पटक हेरिएको

काठमाडौं । नेपाल मगर संघ केन्द्रिय समिति काठमाडौँले बिबिसी १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई नगदसहित सम्मान गरेको छ । संघले मंगलबार काठमाडौंमा सपनालाई पगरी र खादा ओढाएर सम्मान गरेको हो । संघका अध्यक्ष नविन रोकाले सपनालाई बधाइ र शुभकामना दिएका थिए ।

‘नेपालका सडक गल्लीमा हजारौं बालबालिका वेवारिसे छन्, दुनियाँमा बाँच्न पाउँछौ कि भन्ने भावना र तिनीहरूको जीवनमा सपना र आशा जगाउने काममा निरन्तर कदम चलिरहोस्,’ अध्यक्ष रोका मगरले भने ।

 

उक्त कार्यक्रममा सपना रोका मगरको उच्च शिक्षाको लागि मगर संघ अमेरिकाले पठाएको आर्थिक सहयोग  १ लाख १० हजार ५ सय रूपैयाँ  र कदर पत्र पनि सपनालाई हस्तान्तरण गरिएको छ ।


सपनाले बिबिसीले आफ्नो नाम उत्कृष्ट १०० महिलाको सूचीमा प्रकाशित गरेसँगै देश विदेशमा रहेका सम्पूर्ण नेपालीबाट पाएको माया र हौसलाले समाजसेवामा थप अगाडि बढ्न प्रेरणा मिलेको बताएकी थिइन् ।

म्याग्दी बरंगजाकी १८ वर्षीया सपना बेलायती प्रसारण संस्था (BBC) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । सपनाले पछिल्लो समय बेवारिसे शवको अन्त्येष्टिको काम गर्दै आइ रहेकीछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार